काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधि हारे पनि माथिल्लो पदमा उठ्न पाइने बताएको छ।

यो नियम दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा लागू हुनेछ।

काँग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले हिजो (सोमबार) पत्राचार गर्दै महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवार हुन पाउने उल्लेख गरेका छन्।

काँग्रेस निर्वाचन निर्देशिकामा एक पदमा हारेको व्यक्ति अर्को पदमा उम्मेदवार हुन नपाउने नियम थियो। यो नियम काँग्रेसले हटाएको छ।

दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि जितेका व्यक्ति मात्रै जिल्ला सभापति पदको उम्मेदवार हुन पाउँछन्।

तर महाधिवेशन प्रतिनिधि हारेका व्यक्ति सभापतिबाहेक पदमा उठ्न पाइने भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस