आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ ।

जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आइएमई पे एमयूएनयू २१ डिजिटल भुक्तानी साझेदार बनेको छ ।

मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल एमयूएन ले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ ।

यस वर्षको फाइनल अक्टोबर ३० मा सम्पन्न हुँदै छ भने अक्टोबर १० मा क्वार्टर फाइनल हुने प्रबन्ध रहेकाले शीर्ष ५० प्रतियोगिहरु ताजको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ । जस अन्तर्गत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एप मार्फत हुनेछ ।

सो एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएस उपकरणहरूका लागि एप स्टोरमा उपलब्ध गराइएको छ ।

डिजिटल भुक्तानी पोर्टल आइएमई पे अब फ्यानहरुले आफ्नो मन पर्ने प्रतियोगीलाई अगाडी बढाउन मद्दत गर्ने साधन बनेको कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस