आजको मौसम : प्रदेश–२ का धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आजको मौसम : प्रदेश–२ का धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली भएर प्रदेश–२ का धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ५९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४६ मिनेटमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस