साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोल अन्तरले हराएको हो ।

नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलले पराजित गरेको हो ।

श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरेका थिए। श्रीलङ्का लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल गरेका थिए ।

खेलको पहिलो हाफको ३३औँ मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५१औँ मिनेटमा नेपालका तर्फबाट अन्जन विष्टले गोल गरेका थिए।

खेलको ५७औँ मिनेटमा मार्भिन ह्यामिल्टनले श्रीलङ्काका लागि पहिलो गर्दै खेललाई २–१ को अवस्थामा पुर्‍याए । यसैगरी नेपालका आयुस घलानले खेलको ८६औँ गोल गरे ।

खेलको अन्तिम समयमा श्रीलङ्काका लागि डिलोन डी सिल्भाले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पुर्‍याए । लगातारको जितसँगै नेपाल साफ च्याम्पियनसिपको शीर्ष स्थानमा पुगेको छ । नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ ।

अब नेपालले तेस्रो खेल असोज २४ गते भारतविरुद्ध खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस