२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच सोमबार भेटवार्ता भएको छ । नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई भेट्न राजदूत यान्छी सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी थिइन् ।

परराष्ट्र मन्त्रालयकाअनुसार उक्त अवसरमा मन्त्री खड्का र राजदूत यान्छीबीच द्विपक्षीय विविध विषयमा छलफल भएको थियो । साथै, कोरोना भाइरसविरुद्धको खोपको सम्बन्धमा पनि सहकार्य विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री खड्का र यान्छीबीच अन्य दुईपक्षीय के-के विषयमा कुराकानी भयो भन्ने बारेमा मन्त्रालय मौन छ । पछिल्लो समय नेपाल सरकारले हुम्लामा सीमा मिचिएको भन्दै आन्तरिक रुपमा कमिटी गठन गर्न लगाएपछि चीन चिढिएको थियो । किनकी अघिल्लो ओली सरकारले नेपालको चीनसँग सीमा क्षेत्रमा कुनै पनि समस्या नरहेको भन्दै विज्ञप्ती नै जारी गरेको थियो ।

नयाँ सरकार आएसँगै हुम्लामा भूमि मिचिएको छ वा छैन भन्ने बारेमा कमिटी गठन गरेर गृह मन्त्रालयलाई रिर्पोट समेत बुझाई सकेको छ । उक्त रिर्पोटमा कुटनीतिक माध्यममार्फत् दुवै मुलुकको संयुक्त कमिटीले त्यस क्षेत्रको निरिक्षण गर्न सुझाव दिएको छ ।