परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता


१८ आश्विन २०७८, सोमबार



काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच सोमबार भेटवार्ता भएको छ । नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई भेट्न राजदूत यान्छी सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी थिइन् ।

परराष्ट्र मन्त्रालयकाअनुसार उक्त अवसरमा मन्त्री खड्का र राजदूत यान्छीबीच द्विपक्षीय विविध विषयमा छलफल भएको थियो । साथै, कोरोना भाइरसविरुद्धको खोपको सम्बन्धमा पनि सहकार्य विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री खड्का र यान्छीबीच अन्य दुईपक्षीय के-के विषयमा कुराकानी भयो भन्ने बारेमा मन्त्रालय मौन छ । पछिल्लो समय नेपाल सरकारले हुम्लामा सीमा मिचिएको भन्दै आन्तरिक रुपमा कमिटी गठन गर्न लगाएपछि चीन चिढिएको थियो । किनकी अघिल्लो ओली सरकारले नेपालको चीनसँग सीमा क्षेत्रमा कुनै पनि समस्या नरहेको भन्दै विज्ञप्ती नै जारी गरेको थियो ।

नयाँ सरकार आएसँगै हुम्लामा भूमि मिचिएको छ वा छैन भन्ने बारेमा कमिटी गठन गरेर गृह मन्त्रालयलाई रिर्पोट समेत बुझाई सकेको छ । उक्त रिर्पोटमा कुटनीतिक माध्यममार्फत् दुवै मुलुकको संयुक्त कमिटीले त्यस क्षेत्रको निरिक्षण गर्न सुझाव दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस