वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो एमालेमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो एमालेमा


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ ।

गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो ।

समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस