तेक्वान्दो सङ्घको केन्द्रीय अध्यक्षमा राणा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

तेक्वान्दो सङ्घको केन्द्रीय अध्यक्षमा राणा


१७ आश्विन २०७८, आइतबार


पोखरा । नेपाल तेक्वान्दो सङ्घको केन्द्रीय अध्यक्षमा प्रकाश सम्शेर राणा चयन भएका छन् ।

लुम्बिनीको भैरहवामा सम्पन्न सङ्घको चौथो महाधिवेशनले राणा सहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा सञ्जीव रेग्मी, हरिश्वर पोखरेल र नन्दुकुमार राईलाई चयन गरेको छ । उपाध्यक्षका आकाङ्क्षी भोज बहादुर शाहले नाम फिर्ता लिएसँगै सर्वसम्मतिले चयन गरेको हो ।

महासचिवमा दिपराज गुरुङ पुनः अर्को चार वर्षका लागि सर्वसम्मत चयन भएका छन् भने कोषाध्यक्षमा काशिम मियाँ धोबी निर्वाचित भएका छन् ।

कार्य समिति सदस्यमा साम्राज्य विक्रम पाण्डे, कुमार लामा घिसिङ, सुमन पराजुली, नन्दा बस्याल, रवि थापा, राम गिरी, दीपेन्द्र चन्द्र ठकुरी, मदन केसी, गुरु प्रसाद गौतम, मणिराज विष्ट र कोसिस खड्का निर्विरोध निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस