महोत्तरीमा सर्पले डस्दा एक बालकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महोत्तरीमा सर्पले डस्दा एक बालकको मृत्यु


१७ आश्विन २०७८, आइतबार


जलेश्वर । महोत्तरी गाउँपालिका–२ अनैठामा गए राति एक बालकको सर्पले डसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पुराइएको थियो ।

केन्द्रमा उपचार गरी घर फर्किँदै गरेका अवस्थामा बालकको स्वास्थ्य स्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस