मन्त्रीबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्रीबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा छलफल गर्न आज (आइतबार) स्थायी कमिटी बैठक बस्ने भएको छ ।

तर पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक बस्ने कुरा भए पनि समय तय नभएको जानकारी दिए ।

‘काम नसकिएकाले आज बैठक बस्ने कुरा त हो, तर समय तय भइसकेको छैन,’ ढकालले भने । पार्टी अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर बैठकको समय निश्चित गर्ने उनले बताए ।

हिजो (शनिबार)को स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रवक्ता कृष्णबहादुर महराले आज (आइतबार)को बैठकमा मन्त्रीहरुबारे छलफल गर्ने बताएका थिए ।

सत्ता गठबन्धनका दलहरुको असोज ६ गते बसेको बैठकमा एक साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको थियो । तर, मन्त्रालय भागबन्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस