माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिपमा बंगलादेशको विजय सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिपमा बंगलादेशको विजय सुरु


१६ आश्विन २०७८, शनिबार


काठमाडौँ । माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशले विजयी सुरुआत गरेको छ ।

मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले पराजित गर्‍यो ।

बंगलादेशका लागि टोपु वर्मनले ५६औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । डुकसन पुलसालले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

बल ह्याण्ड गरेपछि डुकसनले रातो कार्ड पाएपछि श्रीलंका १० खेलाडीमा समेटिएको थियो । सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा जितपछि बंगलादेशको तीन अंक जोडेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस