गीतकार दीपक कोइरालाको ‘आमा’ बजारमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गीतकार दीपक कोइरालाको ‘आमा’ बजारमा


१५ आश्विन २०७८, शुक्रबार


काठमाडौँ। गीतकार दीपक कोइरालाले आफ्नो नयाँ गीत ‘आमा’ बजारमा ल्याएका छन् ।

आमाको बिछोडपछि वियोगमा रहँदा मनलाई सान्त्वना दिन आमाप्रति समर्पित भएर गीतकार कोइरालाले यो गीत बनाएका हुन् ।

गीतकार कोइरालाको आमा गीत यही असोज १४ गते बिहीबार सार्वजनीकरण गरिएको हो ।

दीपक कोइरालाको शब्द रहेको आमा गीतमा स्वर रामकृष्ण ढकालले दिएका छन् भने सङ्गीत सन्तोष श्रेष्ठले भरेका हुन् ।

एरेन्जर प्रेमराना औतारीले गर्दा रेकर्डिङ ,मिक्सिङ,मास्टरिङको काम भने भोला पौडेलले गरेका छन् ।

गीतकार कोइरालाका यसअघि पनि अरु थुप्रै गीत बजारमा आइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस