२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँका लागि दैनिक १५ वटा उडान थप

अ+ अ-

काठमाडौँ। नजिकिएको दसैँ र तिहारमा यात्रुको चाप हुने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १५ वटा उडान थप गरेको छ ।

विमानस्थलले अक्टोबर महिनाका लागि पाँच वटा साना जहाज र १० वटा ठुला जहाज गरी दैनिक १५ वटा उडान थप गरेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

पहाडी क्षेत्रमा उडान गर्ने तारा, समिट, नेपाल एयरलाइन्स र सीता एयरले दैनिक पाँच वटा थप गरेको छ भने सुविधा सम्पन्न क्षेत्रमा उडान भर्ने एटिआर७२ स्तरका ठुला जहाजका लागि दैनिक १० उडान थप गरेको शेर्पाले जानकारी दिए। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक ११५ उडान गर्दै आएको थियो ।

अक्टोबर महिनादेखि दैनिक १३० वटा अराइवल र १३० वटा डिपार्चर गरी दैनिक २६० वटा उडान हुने भएको प्रवक्ता शेर्पाले जानकारी दिए ।

सुगम क्षेत्रमा पछिल्लो समय ठुला जहाजहरु ७२ जना यात्रु बोक्न सक्ने क्षमताको एटिआर ७२, ६० जना यात्रु बोक्न सक्ने सिआरजे ८० जना यात्रु बोक्न सक्ने ड्यास मोडलका जहाजहरुले सेवा विस्तार गरेसँगै उडानको सङ्ख्यामा कमी आएको छ ।

विमानस्थलले दैनिक थप गरेको १५ उडानले दैनिक ८०० जनाभन्दा बढी यात्रु आवतजावत गर्न सक्ने विमानस्थलले जनाएको छ । यात्रुको चाप बढेपछि पछिल्लो समय उडान थप गर्न व्यवसायीहरुसँग छलफल भएको शेर्पाले बताए ।

हाल नेपालमा बुद्ध, यति,श्री, सौर्य, तारा, समिट, गोमा, सीता र नेपाल एयरलाइन्सले नेपालका ३५ वटा विमानस्थलमा सेवा दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस