२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकको दैनिकी सहज बनाउन मुख्यमन्त्री शाहीको निर्देशन

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको दैनिकी सहज बनाउने गरी काम गर्न प्रदेशभरका सबै कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्।

प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, डिभिजन सडक, पूर्वाधार विकास निर्देशनालय, सिँचाइ, यातायातलगायत कार्यालयका प्रमुखसँग हिजो (बिहीबार) भर्चुअल बैठक गर्दै मुख्यमन्त्री शाहीले दसैँ तिहारको अवधिमा नागरिकको सहज जीवनयापन लागि तयार हुन निर्देशन दिए ।

‘चाडपर्वका अवधिमा कर्णालीका नागरिकलाई विभिन्न कठिनाइ आउन सक्छन्’, उनले भने । समस्याको तत्काल समाधान हुने गरी काम गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिए ।

जिल्लामा मूल्य कायम गरिएअनुसार बिक्री वितरण भए नभएको, अखाद्य वस्तु, खाद्य तथा अन्य उपभोग्य वस्तुको बजार अनुगमन गर्नुपर्नेमा उनले जोड दिए। ‘दसैँ तिहार मनाउन घर हिँडेका सबै नागरिकलाई शान्ति, सुरक्षा र सहज यात्राको अनुभूति गराउनुस्’, उनले निर्देशन दिए ।

जनताको स्वास्थ्य अवस्थामा नकारात्मक असर पर्न नदिन, क्षमताभन्दा बढी यात्रु हाल्ने क्रम रोक्न, तोकिएकोभन्दा बढी शुल्क नअसुल्न, जुवा तास अनुगमनको दायरालाई बढाउन र कोरोना महामारीमा ध्यान दिएर दसैँ मनाउने सन्देश प्रवाह गर्न मुख्यमन्त्री शाहीले सुझाए।

प्रदेशसभामा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले चिकित्सकको अभावलाई पूर्ति गर्न सरकारसँग अनुरोध गरे । सबै जिल्लामा शान्ति सुरक्षा कायम राख्नतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले सबै जिल्लाको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइने बताए । प्रदेशभर घटेका विभिन्न घटनाको विवरणबारे जानकारी दिँदै उनले घटना न्यूनीकरण गर्न दसैँ तिहार विशेष सुरक्षा योजना अघि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस