तालिबानले महिलालाई प्रतिबन्ध लगाएपछि क्याम्पसहरू सुनसान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तालिबानले महिलालाई प्रतिबन्ध लगाएपछि क्याम्पसहरू सुनसान


१५ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन्।

तालिबान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन।

पहिला पहिला भिडभाड तथा चहलपहल हुने क्याम्पसहरूमा अहिले शान्त र सुनसान भएको शिक्षकहरूले जानकारी दिएका छन्। अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टनपोष्टले प्रकाशित गरेको समाचारअनुसार क्याम्पसहरूमा पुरुषहरु मात्रै देखिएका छन्।

तालिबान सरकारले महिलाहरूलाई शैक्षिक संस्थाहरुमा गएर अध्ययन अध्यापन गर्न, सार्वजनिक कार्यक्रममा सहभागी हुन, एक्लै घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ।

सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ भने छात्रा तथा शिक्षिकाहरूले पनि असन्तुष्टि जनाउँदै आएका छन्। विद्यालय गएका छात्राहरूलाई पनि इस्लामिक पोसाक लगाएर जानु पर्ने र कक्षामा छात्रहरूसँग राख्न नहुने मापदण्ड तय गरिएको छ।

तालिबान प्रवक्ता बिलाल कारिमीले भने महिलाहरूकै हितका लागि यस्ता व्यवस्था गरिएको दाबी गरे। अफगानिस्तानमा तालिबान विद्रोहीहरुले अघिल्लो महिना सत्ता कब्जा गरेपछि आफ्नो सरकार बनाउँदै नयाँ व्यवस्थाहरु लागू गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस