प्रतिनिधिसभाको बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभाको बैठक बस्दै


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज (बिहीबार) प्रतिनिधिसभाको बैठक बस्दै छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउनेछन्।

गत सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्। उक्त खारेजसम्बन्धी पत्रको व्यहोरा आजको संसद् बैठकमा सभामुखले पढेर सुनाउने संसद् सचिवालयले जनाएको छ।

यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। बैठक दिउँसो एक बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस