प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै


१४ आश्विन २०७८, बिहिबार


नेपाली काँग्रेस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा आज (बिहीबार) सर्वदलीय बैठक बस्ने भएको छ।

बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि निरन्तर रूपमा प्रतिनिधि सभा बैठक अवरुद्ध गरिरहेको छ।

संसदमा देखिएको गतिरोध अन्त्य गर्न यसअगाडि सभामुख अग्निप्रसाद सापकोटाले पनि सर्वदलीय बैठक राखेका थिए। तर उक्त बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए।

संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले पहल थालेका हुन्। प्रधानमन्त्रीको आह्वानमा आज बस्ने सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई बोलाइएको छ।

सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद् अवरुद्ध गरिरहेको हो। कारबाही गरेका १४ सांसदको सूची टाँस नगरेको आरोप सभामुख सापकोटामाथि एमालेले लगाएको छ भने पार्टी विभाजन गर्न भूमिका खेलेको पनि आरोप लगाएको छ।

आज संसद् बैठक पनि बस्दै छ। दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। ओली प्रधानमन्त्री भएका बेला ल्याइएका केही अध्यादेशलाई सरकारले संसदमा पेस गर्ने तयारी पनि गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस