आधा दर्जन सहसचिवको सरुवा, राजश्व अनुसन्धानमा प्रकाश « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आधा दर्जन सहसचिवको सरुवा, राजश्व अनुसन्धानमा प्रकाश


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । सरकारले आधा दर्जन सहसचिवको सरुवा गरेको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले मङ्गलवार मन्त्रीस्तरीय निर्णय गर्दै ६ सहसचिवको सरुवा गरेका हुन् । सरुवा भएका सहसचिवहरूको आज पत्र बनेको छ । 

प्रशासन बालुवाटार उच्च स्रोतका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । उनलाई राजश्व अनुसन्धान विभागको महानिर्देशकमा पठाइँदै छ । विभागका महानिर्देशक राम प्रसाद आचार्यको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । 

यसैगरी स्वास्थ्य सेवाका ११ औँ तहका बद्री बहादुर खड्का बागमती प्रदेशको नयाँ गठित स्वास्थ्य मन्त्रालयको सचिवमा खटाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा काजमा रहेको पदम राज मैनाली सहरी विकास मन्त्रालयमा सरुवा भएका छन् ।

राजश्व अनुसन्धानका उपमहानिर्देशक शिवलाल तिवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र केही दिन अघि मात्रै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूर पश्चिमबाट सङ्घमा सरुवा भएका डा. किसन लाल भट्टको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस