लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन


१३ आश्विन २०७८, बुधबार


रुपन्देही । लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सारिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन् ।

प्रदेशसभाको नवौँ अधिवेशन सुरु भएयता कुनै बैठक पूर्णरुपमा बस्न सकेका छैनन् । एमालेले आफ्ना सांसद द्वय अजय शाही र बिमला वलीलाई कारबाही गर्नुपर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस