कारागारमा कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कारागारमा कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते


१३ आश्विन २०७८, बुधबार


क्वीटो । इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ ।

इक्वेडरको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् ।

त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस