‘काँग्रेस विपत्तिमा सधैँ जनताका साथमा हुन्छ’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘काँग्रेस विपत्तिमा सधैँ जनताका साथमा हुन्छ’


१३ आश्विन २०७८, बुधबार


सिन्धुपाल्चोक । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले काँग्रेस सधैँ विपत्तिमा जनताको साथमा रहने बताएका छन् ।

हिजो (मङ्गलबार) नेपाली काँग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत वितरण गर्दै उनले सो कुरा बताएका हुन्।

विष्णुविक्रम थापालगायतले मेलम्चीका १५० घरपरिवारलाई राहत वितरण गरेका हुन्। बाढीले गर्दा पीडित बनेका मेलम्चीवासीलाई दसैँका लागि मासु, तेल, दाल, मसलालगायतका अति आवश्यक सामग्री वितरण गरिएको हो ।

गत असारमा गएको बाढीले मेलम्चीवासीलाई ठुलो असर गरेको थियो । नजिकिँदै गरेको महान् चाड दसैँमा के खाने र के लगाउने भन्दै चिन्तामा रहेका बाढी प्रभावितका साथमा काँग्रेस रहेको बस्नेतले बताए।

साथै रु एक करोड २० लाखमा हेलम्बुमा ३० घर बनाउनेसमेत घोषणा गरेको काँग्रेसका युवा नेता युधिर पौडेलले बताए ।

इन्द्रावती गाउँपालिकाद्वारा बाढी प्रभावित पाँचपोखरीलाई सहयोग

इन्द्रावती गाउँपालिकाले बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई सहयोग गरेको छ । असार १ गतेको याङ्री, लार्के तथा इन्द्रावती नदीमा आएको बाढी तथा पहिराले गाउँपालिकाको विभिन्न बस्ती, सडक, खानेपानी, सिँचाइ, झोलुङ्गे पुललगायत मानवीय क्षतिसम्म पुगेको थियो । पालिकालाई इन्द्रावतीले रु तीन लाख सहयोग गरेको हो ।

छिमेकी पालिकामा विपद् पर्दा थोरै भए पनि सहयोग गर्न पाएकामा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले खुसी व्यक्त गरे । सहयोगप्रति पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आभार व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस