तरकारीको भाउमा वृद्धि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तरकारीको भाउमा वृद्धि


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । दुई सातायता तरकारी भाउ अत्याधीक बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।

भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५/२० रुपियाँ रहेको गोलभेँडा असोजको दोस्रो साता ३८ रुपियाँ पुगेको छ भने आलु रातो ४५ रहेकोमा अहिले ६० रुपियाँ पुगेको समितिले जनाएको छ ।

समितिका अनुसार तुनेबोडी प्रतिकेजी ६५ रुपियाँबाट १३० रुपियाँ, घिरौँला प्रतिकेजी ४५ बाट ८० रुपियाँ घिउसिमी ७५ रुपियाँबाट १३० रुपियाँ भिन्डी प्रतिकेजी ४० बाट ७० रुपियाँ पुगेको छ । त्यसै सुकेको प्याज प्रतिकेजी ४५ रुपियाँबाट थोकमै ५५ देखि ५८ रुपियाँ पुगेको समितिले जनाएको छ ।

समितिका अनुसार बजारमा दैनिक आठ सयदेखि एक हजार मेट्रिक टनसम्म तरकारी भित्रिएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा तरकारीको आयात कम भएर नभई उत्पादनको लागत बजारमा माग बढेकाले महँगो भएको हुनसक्ने बताए।

उनले भने, तरकारी आयातमा कुनै समस्या छैन नियमित निर्बाध रूपमा तरकारी आइरहेको छ ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले तरकारी पर्याप्त आउँदा पनि उपभोक्ता महँगीको मार सरकारको बजार अनुगमन प्रभावकारी नहुँदाको परिणाम रहेको बताए ।

विभागका महानिर्देशक प्रकाश पौडेलले तरकारीको कारोबारमा हुने तह घटाउन सके मात्रै मूल्य नियन्त्रण हुने बताए । अहिलेको समस्या उत्पादन किसानदेखि उपभोक्तासम्म आइपुग्दाबीचको तहमा रहनेले बजारको माग हेरेर मूल्यमा बढी चलखेल गर्ने गरेको र यसलाई हटाउन नसक्दा मूल्य समस्या आइरहेको उनले थपे।

Tags :
प्रतिक्रिया दिनुहोस