वर्षमान पुन उपचारका लागि थाइल्यान्ड प्रस्थान « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

वर्षमान पुन उपचारका लागि थाइल्यान्ड प्रस्थान


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्यान्ड प्रस्थान गरेका छन्।

आज (बुधबार) बिहान नेता पुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

जन्डिसको वंशाणुगत समस्या भएका पुन केही समयदेखि बिरामी छन्।

यसअगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए। उनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ।

पुनको शरीरमा देखिएको जन्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए। चिकित्सकहरूकै सल्लाह अनुसार उनलाई थाइल्यान्ड लैजान लागिएको सचिवालयले जनाएको छ।

नेता पुनसँगै पूर्व सभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्यान्ड गएकी छन्। पुनलाई चार वर्षअगाडि पनि यस्तै खालको स्वास्थ्य समस्या देखिएको थियो। त्यस बेला पनि पुनले बैंककमा उपचार गराएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस