पछिल्लो २४ घण्टामा थप ११५८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पछिल्लो २४ घण्टामा थप ११५८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण र २ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना देखिएको हो । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ।

मंगलबार १३१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना रहेका छन् । जसमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६४ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस