कुमारी बैङ्कले २.६७ प्रतिशत नगद लाभांशसहित ८.६८ प्रतिशत बोनस बाँड्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कुमारी बैङ्कले २.६७ प्रतिशत नगद लाभांशसहित ८.६८ प्रतिशत बोनस बाँड्ने


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले आफ्ना सेयरधनीहरूलाई नगद लाभांशसहित सेयर बोनस बाँड्ने घोषणा गरेको छ ।

बैङ्कको हिजो (सोमबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७ र ७८ को मुनाफाबाट चुक्ता पुँजीको २.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित ८.६७ प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरेको हो ।

बैङ्कको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

उक्त लाभांश राष्ट्र बैङ्कबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

तर, बैङ्कले हालसम्म आफ्नो साधारण सभा र बुक क्लोजको मिति भने तोकिसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस