संयुक्त राष्ट्र संघको ७६ औँ महासभामा परराष्ट्रमन्त्री खड्काको सम्बोधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संयुक्त राष्ट्र संघको ७६ औँ महासभामा परराष्ट्रमन्त्री खड्काको सम्बोधन


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले महासभालाई सम्बोधन गरेका छन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले विश्वका ४५ लाख मानिसहरुले कोभिड १९ का कारण ज्यान गुमाएकोप्रति गहिरो दुख व्यक्त गरेका छन्।

संयुक्त राष्ट्र संघको ७६ औँ महासभालाई सम्बोधन गर्दै खड्काले महामारीका कारण आफ्नो प्रियजन गुमाएका विश्वभरका नेताहरुप्रति गहिरो संवेदना व्यक्त गरेका हुन्।

उनी भन्छन्, ‘महामारीको यो सङ्कटले संसारलाई पीडामा पारेको छ, विश्वव्यापी अर्थतन्त्रलाई ध्वस्त पारेको छ, थप १५० करोड मानिसहरुलाई चरम गरिबीमा धकेलेको छ, र कडा मेहनतले गरेको विकासमा असर गरेको छ ।’

खड्काले खोप असमानताको खाडल धेरै गहिरो रुपमा रहेकाले कम आय भएका देशहरुमा प्रतिकूल सामाजिक-आर्थिक प्रभाव छोडेर भ्याक्सिनलाई जनताको जीवनको हितको लागी सार्वजनिक सामानको रुपमा घोषणा गर्नु पर्ने बताए ।

उनले कोभिड १९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न राष्ट्रसंघले खेलेको भूमिकाको प्रशंसा समेत गरे । ‘कोभिडबाट उत्पन्न चुनौतीहरुलाई सम्बोधन गर्न र संयुक्त राष्ट्रसङ्घीय प्रणाली सहित अन्तर्राष्ट्रिय समुदायले गरेका प्रयासहरुको प्रशंसा गर्दछु’, उनले भने, ‘संयुक्त राष्ट्रसंघले सबैलाई, सबै ठाउँमा भ्याक्सिनको निष्पक्ष र न्यायोचित पहुँच सुनिश्चित गर्ने कुरालाई जोड दिएको छ ।’

खड्काले सम्बोधनका क्रममा जनताको जीवन सरकारको पहिलो प्राथमिकता भएको बताउँदै हालसम्म नेपालका २० प्रतिशत जनतालाई कोभिड १९ विरुद्धको खोप लगाइसकेको जानकारी दिए ।

खड्काले बहुपक्षीयता र राष्ट्रिय हितका विभिन्न मुद्दाहरुमा नेपालको स्थितिलाई उजागर गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस