नेपालसँगको सम्बन्धमा नयाँ प्रगति चाहन्छौँ : विदेशमन्त्री वाङ यी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेपालसँगको सम्बन्धमा नयाँ प्रगति चाहन्छौँ : विदेशमन्त्री वाङ यी


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेपालका नवनियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई चिनियाँ विदेशमन्त्री वाङ  यीले बधाई सन्देश पठाएका छन् ।

आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको काठमाडौँस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ ।

यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले खड्कालाई बधाई सन्देश पठाएका थिए । एस जयशंकर र खड्का बिचमा अमेरिकाको न्यूयोर्कमा भेटघाटसमेत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस