२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा : बिजुक्छे

अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाकाले आज आयोजना गरेको सांस्कृतिक गुरु सम्मान कार्यक्रममा उनले युवा पुस्तामा राजनीतिक वितृष्णा पैदा हुनु चिन्ता विषय भएको बताए ।

बिजुक्छेले राजनीतिशास्त्र, इतिहास, भूगोल र संस्कृतिजस्ता विषयको महत्वबारे विद्यार्थीलाई जानकार गराउनुपर्नेमा जोड दिँदै उनले सरकारले यस्ता महत्वपूर्ण विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययन अध्यापनमा लगाउनुपर्नेमा औँल्याए ।

कार्यक्रममा बिजुक्छेले सांस्कृतिक गुरुहरू गोविन्द भुजू, विकुबहादुर दुवाल, विष्णुभक्त सुवाल, लक्ष्मीभक्त कुस्मा, लक्ष्मीप्रसाद मानन्धर, गणेशबहादुर त्वायना, मङ्गलाल ग्वाछा, लक्ष्मीभक्त घेमोसु, रामलाल माक, रत्नभक्त ध्वजू, विष्णु सुवाल, विष्णुभक्त सिजख्व, दिलबहादुर त्यात, इन्द्रबहादुर लाखा, बुद्धिसागर प्रजापति, रामभक्त गणेजु श्रेष्ठ, विष्णुभक्त कुसी, मानबहादुर चोलेखो, हरिभक्त मगजु र शिवभक्त वनमालासहित संस्कृतिक गुरुलाई रु १५ सम्मान गरे ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले कला र संस्कृति संरक्षणका विभिन्न विधाका स्थानीय सांस्कृतिक गुरुहरूको सम्मानलाई निरन्तरता दिँदै आएको बताए । भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा पुनःनिर्माणका कार्य करिब अन्तिम चरणमा पुगिसकेको बताउँदै भक्तपुर नगरपालिकाप्रति जनताको साथ र सहयोग रहेका कारण स्वाभिमानीपूर्वक अगाडि बढ्न मद्दत पुगेको बताए ।

भक्तपुर नपाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक ऋणको व्यवस्था गर्नाका साथै इतिहास, भूगोल, राजनीतिशास्त्रलगायत विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको बताए । उनले विभिन्न कालखण्डमा नेपालबाट हराएका वा चोरी भएका मूर्ति फिर्ता गर्न आवश्यक पहल गरिरहेको बताए । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ, नपाका उपप्रमुख रजनी जोशी, संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ, नपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्थानीय सरकारले गरेको योगदानबारे चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस