विशेष अदालत उपस्थित भए चुडामणि शर्मा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विशेष अदालत उपस्थित भए चुडामणि शर्मा


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । कर फर्छ्यौट आयोगका सदस्य सचिव हुँदा भ्रष्टाचार गरेको आरोप लागेका निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् ।

कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तत्कालिन आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सोमबार उनको विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बयान भइरहेको छ । बयानपछि उनलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस