एमाले स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले स्थायी कमिटी बैठक जारी


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक बसिरहेको छ ।

बैठकमा दश बुँदे कार्यान्वयन र विधान महाधिवेशनको तयारीबारे छलफल भइरहेको एक नेताले बताए । ८ भदौको स्थायी कमिटी र १० भदौको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

तर दश बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि देखिएको छ । सुदूरपश्चिम, बागमती र प्रदेश २ मा विवाद देखिएको छ । २ जेठ २०७५ अगाडि सुदूरपश्चिममा भीम रावल र बागमतीमा अष्टलक्ष्मी शाक्य इन्चार्ज थिए । तर अहिले सुदूरपश्चिममा लेखराज भट्ट र बागमतीमा रामबहादुर थापा बादल इन्चार्जका रुपमा सक्रिय छन् ।

प्रदेश २ का जिल्लाहरुमा पनि १० बुँदे अनुसार, पार्टी संरचना बन्न नसकेको नेताहरुले बताएका छन् । केन्द्रीय सदस्य मनोनीत गर्नेबारे पनि बैठकमा छलफल हुँदै छ । माधव नेपाल छोडेर एमालेमै बसेका नेताहरुका तर्फबाट केन्द्रीय कमिटीको १० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने सहमति भएको छ ।

यसबाहेक १५–१७ असोजमा तय गरिएको विधान महाधिवेशनको तयारीबारे पनि बैठकमा छलफल हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस