२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य अधिकार सुनिश्चितताको पहल गर्छु : मुख्यमन्त्री भट्ट

अ+ अ-

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको खाद्य अधिकार सुनिश्चितताका लागि पहल गर्ने बताएका छन्। तीन तहका सरकारसँग समन्वय गर्ने उनले उल्लेख गरे ।

मानव खाद्य अधिकारका क्षेत्रमा कार्यरत संस्थाको सञ्जालले प्रदेश सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले जनताको खाद्य अधिकारसँग भौतिक पूर्वाधार निर्माणका साथै आर्थिक र सामाजिक विकास जोडिएकाले यी सबै विषयको समाधानका लागि लागिपर्ने बताए ।

सरकारले स्वरोजगार प्रवर्द्धन गरी आर्थिक अवस्थामा सुधार ल्याउन कृषि व्यवसायलाई प्राथमिकता दिन प्रदेश सरकारसँग समन्वय गरी अघि बढ्न खाद्य अधिकारका क्षेत्रमा कार्यरत संस्थालाई उनले आग्रह गरे ।

मुख्यमन्त्री भट्टलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सुदूरपश्चिमको वास्तविकता उल्लेख गर्दै अधिकांश प्रदेशवासी मजदुरी गर्न भारत पस्ने गरेको भए पनि पछिल्लो समय कोभिड–१९ का कारण नागरिकको जीवनयापन थप जटिल बन्दै गएको उल्लेख छ ।

जनताको खाद्य अधिकार सुनिश्चित गर्न प्रदेश खाद्य परिषद् यथाशीघ्र गठन गरी प्रदेशका योजना तर्जुमामा जनताको पहुँच अभिवृद्धि गर्न र किसानका उत्पादन समयमै खरिद गरी आवश्यक मल बीउ बिजनको सुनिश्चितता गरिनुपर्ने खाद्य अधिकार सञ्जालका प्रदेश अध्यक्ष बलबहादुर रोकायले बताए ।

प्रतिक्रिया दिनुहोस