भारतीय अधिकारकर्मी कमला भासिनको निधनप्रति राष्ट्रपतिद्वारा शोक प्रकट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भारतीय अधिकारकर्मी कमला भासिनको निधनप्रति राष्ट्रपतिद्वारा शोक प्रकट


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय अधिकारकर्मी कमला भासिनको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै उनका शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेकी छन्।

राष्ट्रपतिले आज (आइतबार) सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै महिला अधिकार अभियन्ता , कवि एवं लेखक भासिनको निधनको खबरले आफू ज्यादै दुःखी भएको’ बताएकी हुन् ।

विशेष गरी दक्षिण एसियामा महिलाविरुद्ध हुने विभेद र हिंसाविरुद्ध चेतना र जागरणका लागि भासिनले पुर्‍याएको योगदान चिरस्मरणीय रहने बताउँदै राष्ट्रपति भण्डारीले उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारका सदस्यमा गहिरो समवेदना व्यक्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस