अहंकारको घोडाबाट खसेपछि ओली गालीगलौजमा उत्रे : अध्यक्ष नेपाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अहंकारको घोडाबाट खसेपछि ओली गालीगलौजमा उत्रे : अध्यक्ष नेपाल


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा उत्रिएको बताएका छन् ।

हिजो (शनिबार) हेटौडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताए ।

‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा लागेका छन् । उनीहरुको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौँ । सद्बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहान्नौं । नत्र त उहाँहरु र हामीमा के फरक ?’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस