२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमालपारीको गाउँ लिमीका बालबालिकालाई पहिलो पटक शैक्षिक सामग्री वितरण

अ+ अ-

हुम्ला । कोरोना कहरमा पनि पठन पाठन सुचारु रहेका नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

हालसम्म अन्यत्रबाट यसरी सामग्री नपाएका विद्यार्थीलाई पठन पाठनमा सहजता ल्याउन र शैक्षिक स्तर उकास्न सहयोगस्वरुप सामग्री उपलब्ध गराइएको बताइएको छ ।

लिमीका तीन गाउँका ६६ जना विद्यार्थीलाई सबै खाले शैक्षिक सामग्री सहयोग प्राप्त भएको वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । धेरै पहिलेबाट विद्यालय सञ्चालन भएको भए पनि विद्यार्थीलाई शैक्षिक सामाग्री प्राप्त भएको पहिलो पटक हो । आफ्नै घरबाट किनेका शैक्षिक सामाग्रीबाट हालसम्म पठन पाठन गर्दै आएको अहिलेको सहयोगले विद्यार्थीमा हौसला बढाउने उनले बताए ।

शिक्षा क्षेत्रमा सहयोग र अन्यत्र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको आधार विकास नेपाल हुम्लाका शिक्षा अधिकृत कुन्जोक लामाले कहिल्यै यस्ता सहयोग नपुग्ने लिमीका विद्यार्थीलाई यसपालि सहयोग आएकोमा खुसी व्यक्त गरे ।

लिमीका दुई विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सामग्री वितरण गरिएको लामाले बताए । पठन पाठनमा सहजता ल्याउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको उनले बताए।

सहयोग गरिएका सामग्रीमा पोसाक, झोला, जुता, टोपी, मोजा, कापी कलम पेन्सिल, ज्यामिति बक्स, लेखन अभ्यास पुस्तिका, मार्कर पेन मसी, ह्वाईट बोर्ड, माक्स, सेनिटाईजर र साबुन रहेका छन् । शैक्षिक सामाग्री पाएपछि विद्यार्थी र अबिभावकहरु खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस