त्रिवि शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

त्रिवि शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल


९ आश्विन २०७८, शनिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल भएको छ ।

एक जना ३६ वर्षीय पुरुषको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको अस्पतालका शिक्षण अस्पतालका लिभर प्याणक्रियाज सर्जन डाक्टर रमेश सिंह भण्डारीले जानकारी दिएका छन् । ती पुरुषलाई ३१ वर्षीय श्रीमतीले कलेजो दिएकी हुन् ।

प्रत्यारोपणमा सघाउन यस पटक भारतको फोर्टिस अस्पतालका डाक्टर विजय भिजको टोली शिक्षण अस्पताल आएको थियो ।

शिक्षण अस्पतालमा यसअघि पाँच वटा कलेजो प्रत्यारोपण सफल भैसकेको छ । अस्पतालमा डाक्टर रमेश सिंह भण्डारीकै पहलमा कलेजो प्रत्यारोपण सुरु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस