नारायणहिटी दरबारबाट श्रीपेच चोर्न खोज्ने व्यक्ती पक्राउ « प्रशासन
Logo १० कार्तिक २०७८, बुधबार
   

नारायणहिटी दरबारबाट श्रीपेच चोर्न खोज्ने व्यक्ती पक्राउ


८ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो।

नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेज निकाल्न खोज्ने व्यक्तिलाई निर्यन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । शुक्रबार बिहान अवलोकन गर्ने पुगेका पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेज निकाल्ने प्रयास गरेका थिए ।

सिसा फुटाउँदा उनको हात समेत काटिएको छ। उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस