पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी ईपीएल खेल्न काठमाडौँमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी ईपीएल खेल्न काठमाडौँमा


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी काठमाडौँ आइपुगेका छन् । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि आज बिहीवार दिउँसो काठमाडौँ आइपुगको हुन् ।

यही शनिवारदेखि शुरु हुने प्रतियोगिताका लागि अफ्रिदी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । आयोजक संस्थाका अधिकारीले उनलाई विमानस्थलमा स्वागत गरेका छन् ।

अफ्रिदीले काठमाडौँ किङ्ग्स–११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने छन् । ४४ वर्षीय अलराउण्डर अफ्रिदीले २७ टेस्टमा एक हजार ७१६ रन, ३९८ एक दिवसीयमा आठ हजार ६४ रन र ९९ टी–२० मा एक हजार ४१६ रन बनाएका छन् । यस्तै उनले टेस्टमा ४८ विकेट, एक दिवसीयमा ३९५ विकेट र टी–२० मा ९८ विकेट लिएका छन् ।

चौथो संस्करणको ईपीएल आउँदो शनिवार ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा काठमाडौँसहित ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस