नेकपा एकीकृत समाजवादीले आज महासचिव चयन गर्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा एकीकृत समाजवादीले आज महासचिव चयन गर्दै


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आज (बिहीबार) महासचिव चयन गर्ने भएको छ।

काठमाडौँमा गत मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव चयन गर्ने एजेन्डा भएपछि बैठक एक दिन पछि धकेलिएको हो। प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सम्भावित महासचिवबारे भने खुलाउन चाहेनन्।

बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ। आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पनि टुङ्गो लगाउने तयारी छ।

बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने, बुलेटिन प्रकाशन गर्ने र चुनाव चिह्न टुङ्गो लगाउने खतिवडाले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस