परराष्ट्रमन्त्री खड्कालाई भारतका विदेशमन्त्रीबाट बधाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

परराष्ट्रमन्त्री खड्कालाई भारतका विदेशमन्त्रीबाट बधाई


७ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेपालको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै उनीसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् । यसैबिच परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल रहेको एक भारतीय कूटनीतिज्ञले न्युयोर्कबाट बताए।

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा भारतका विदेशमन्त्री हाल न्यूयोर्कमा छन् भने परराष्ट्रमन्त्री खड्का सोही सिलसिलामा आज (बिहीबार) अपराह्न त्यहाँ पुग्दै छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्रमन्त्रीको अनौपचारिक बैठक यस पटक अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी स्थगन गरिएका बेला हुन लागेको नेपाल र भारतका विदेशमन्त्रीको भेटवार्तालाई महत्त्वपूर्ण मानिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस