सङ्घ र प्रदेशका कर्मचारीबिच विवाद हुँदा कार्यालयमै थुनिए सङ्घका तीन कर्मचारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सङ्घ र प्रदेशका कर्मचारीबिच विवाद हुँदा कार्यालयमै थुनिए सङ्घका तीन कर्मचारी


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । सिराहाको लहानस्थित भूमिगत जलस्रोत कार्यालयमा कार्यरत सङ्घ र प्रदेशका कर्मचारीबिच विवाद हुँदा सङ्घअन्तर्गतका तीन जना कर्मचारी थुनिएका छन् ।

सङ्घ मातहत रहेको लहान १० ग्रामीण स्थित भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालय र प्रदेश सरकार मातहत रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनका कर्मचारी बिच सामान बरबुझारथ नगरेको विषयमा भएको विवादपछि सङ्घका कर्मचारी बुधवार साँझ साढे ५ बजेदेखि कार्यालयमै थुनिएका हुन् ।

डिभिजनमा कार्यरत हाइड्रोजियोलोजिस्ट पुष्पराज दाहाल सरुवाको रमाना लिएर हिँडेपछि आफूहरूसँग लिएको सामान बरबुझारथ नगरेको भन्दै समितिका कर्मचारीले बुधवार अपराह्न दाहाल बस्दै आएको कोठामा गएर ताला लगाएका थिए । डिभिजनका कर्मचारीहरूले विकास समितिका हाइड्रोजियोलोजिस्ट दाहाल सहित नायव सुब्बा सुरेन्द्रप्रसाद पौडेल र कार्यालय सहायक मधुसूदन महतोलाई थुनेका थिए ।

प्रदेश मातहतको डिभिजन कार्यालयमा कार्यरत हाइड्रोजियोलोजिस्ट दाहालले पछि फिर्ता गर्ने गरी काम चलाउन लगेर मेसिन, फ्रिजलगायतका करिब ९० प्रतिशत सामान समितिबाट लगेको एक कर्मचारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस