कोरोना सङ्क्रमणका कारण रोकिएको अन्नपूर्ण बेसक्याम्प आजदेखि खुल्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना सङ्क्रमणका कारण रोकिएको अन्नपूर्ण बेसक्याम्प आजदेखि खुल्यो


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि ठप्प रहेको अन्नपूर्ण बेसक्याम्प आज (मंगलबार) देखि खुलेको छ ।

कोरोना सङ्क्रमणको दर कम हुँदै गएपछि अन्नपूर्ण क्षेत्रका सबै होटल पनि पूर्ण रुपमा खुलेका छन् ।

बेसक्याम्प सञ्चालन हुने भएसँगै होटल व्यवसायीहरूले कामदारलाई फिर्ता बोलाएका छन् ।

हाल छोमरोङदेखि अन्नपूर्ण बेसक्याम्प सम्म ६२ वटा होटल छन् । तत्काल बाह्य पर्यटक नआए पनि आन्तरिक पर्यटक आउने व्यवसायिहरुको विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस