पञ्जाबको मुख्यमन्त्रीका रूपमा काँग्रेस नेता चन्नीद्वारा सपथ ग्रहण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पञ्जाबको मुख्यमन्त्रीका रूपमा काँग्रेस नेता चन्नीद्वारा सपथ ग्रहण


एजेन्सी

४ आश्विन २०७८, सोमबार


चण्डीगढ । कांग्रेस नेता चरनजीत सिंह चनीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् ।

उनी पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित व्यक्ति भएका छन् ।

पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराएका हुन् ।

चन्नीले पञ्जाबी भाषामा सपथ ग्रहण गरे । काङ्ग्रेस नेता अमरिन्दर सिंहले पदबाट राजीनामा दिएपछि कांग्रेसले आइतबार चन्नीलाई पञ्जाबको मुख्यमन्त्रीको रूपमा चयन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस