एमसिसीबारे गृहको विज्ञप्ति खारेजीको मुद्दाको सुनुवाइ आज हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमसिसीबारे गृहको विज्ञप्ति खारेजीको मुद्दाको सुनुवाइ आज हुँदै


४ आश्विन २०७८, सोमबार


काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे गृह मन्त्रालयद्वारा विज्ञप्ति खारेजीको माग गरिएको मुद्दाको सुनुवाइ आज (सोमबार) हुने भएको छ।

सोमबार मुद्दाको सुनुवाइका लागि न्यायाधीश द्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलास तोकिएको हो।

गृहले १८ भदौमा विज्ञप्ति निकालेर एमसिसीबारे नकारात्मक टिप्पणी नगर्न भनेको थियो । गृहको विज्ञप्ति खारेजीको माग राख्दै अधिवक्ता प्रवेश केसीलगायतले २३ भदौमा सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

रिटमा विज्ञप्तिले नागरिक र सञ्चारमाध्यमलाई नियन्त्रण गरेर अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजिएको जिकिर गरिएको छ। रिटमा नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानुनी व्यवस्था प्रतिकूल जारी गरिएकोले विज्ञप्ति बदर गर्न माग गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस