सङ्खुवासभा सामूहिक हत्या प्रकरण : थप चार जनाको संलग्नता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सङ्खुवासभा सामूहिक हत्या प्रकरण : थप चार जनाको संलग्नता


४ आश्विन २०७८, सोमबार


काठमाडौँ । सङ्खुवासभा सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको र उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पनि पक्राउ गरेको हो ।

उनीहरुलाई आज (सोमबार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भिम दाहालले भने, ‘केहीको संलग्नता र केही मतियारको रुपमा देखिएपछि नियन्त्रणमा लिएका छौँ । आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस