एमालेमा ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमालेमा ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव


३ आश्विन २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ ।

आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख गरिएको छ ।

नवौं महाधिवेशनदेखि एमालेमा उमेर हद कायम गरिएको थियो । तर अध्यक्ष केपी शर्मा ओलीले यसअघि उमेर हदको प्रबन्ध हटाएका थिए । एमालेमा एउटै पदमा दुई पटक भन्दा बढी दोहोरिन नमिल्ने व्यवस्था छ ।

१५–१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन माथि आइतबारदेखि छलफल शुरु भएको छ । आइतबारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु अमृतकुमार बोहरा, केशव बडाल र पुष्प कँडेलले प्रस्तावमाथि टिप्पणी राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस