मकवानपुरबाट २६ हजार नगदसहित ७ जुवाडे पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मकवानपुरबाट २६ हजार नगदसहित ७ जुवाडे पक्राउ


३ आश्विन २०७८, आइतबार


मकवानपुर । मकवानपुरमा २६ हजार ९८५ नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगदसहित हिजो (शनिबार) ७ जना जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका-१ चाइना क्वाटर बस्ने ३७ वर्षीय राकेश के.सी.को घरबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-१ का ३७ वर्षीय राकेश के.सी. (घरधनि), सोही उपमहानगरपालिका -१० बस्ने ४२ वर्षीय श्रेष्ठ, ३८ वर्षीय प्रदीप जंग पण्डित, ४० वर्षीय पदम बहादुर भण्डारी, धुनिवेशि नगरपालिका-९ घर भइ हाल हेटौडा उपमहानगरपालिका-१ बस्ने ३६ वर्षीय बाबु कृष्ण उप्रेति , ५५ वर्षीय एकबहादुर थापा र ३१ वर्षीय दिपेन्द्र कुमार मिश्र रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ४ बुक तास, २६ हजार ९८५नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगद बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस