प्रदेश प्रमुख गुरुङद्वारा संविधान दिवसको शुभकामना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश प्रमुख गुरुङद्वारा संविधान दिवसको शुभकामना


३ आश्विन २०७८, आइतबार


गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सबै प्रकारका विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताका सुत्रमा आबद्ध गरेको बताएका छन् ।

सातौँ संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले संविधानले सबै उत्पीडनको अन्त्य गरेको छ भने। सन्देशमा नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको जनाउँदै यति बेला मुलुक नयाँ संविधानले मार्गनिर्देश गरेका अभिभारालाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा अगाडि बढेको उल्लेख छ ।

सन्देशमा भनिएको छ, ‘सङ्घ, प्रदेश र स्थानीय तहका व्यवस्थापिका तथा सरकार आआफ्नो संवैधानिक कार्यभार पूरा गर्न क्रियाशील रहेका छन् । संविधान आफैँमा कानूनी सिद्धान्त तथा राजनीतिक सहमतिको दस्ताबेज हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस