काठमाडौँमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइने


२ आश्विन २०७८, शनिबार


काठमाडौँ । सरकारले काठमाडौँमा कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि दिने भएको छ ।

असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । खोप लगाउनका लागि अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने बताइएको छ ।

खोप ४० वर्ष वा सो माथि उमेर समूहका सबै नागरिक, विश्वविद्यालय र उच्च माध्यमिक विद्यालयका विद्यार्थी, सार्वजनिक यातायातका चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेल दोस्रो मात्रा लगाउन छुटेका व्यक्तिहरुले खोप पाउने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस