आजदेखि स्वच्छ पशुपति अभियान सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजदेखि स्वच्छ पशुपति अभियान सुरु


२ आश्विन २०७८, शनिबार


काठमाडौँ । पाशुपत क्षेत्रमा आज (शनिबार) देखि स्वच्छ पशुपति अभियान २०७८ सुरु हुने भएको छ। हाम्रो आस्था, सम्पदा र संस्कृति सभ्य नागरिक स्वच्छ पशुपति नाराका साथ अभियान सुरु हुने भएको हो।

‘श्री पशुपतिनाथ मन्दिर र परिसरलाई सफा र स्वच्छ राख्नु हामी सबैको धर्म हो’, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा। मिलनकुमार थापाले भने, ‘अब श्री पशुपतिनाथ क्षेत्र सफा हुनेछ। हरियाली र स्वच्छताका लागि विभिन्न स्थानमा वृक्षरोपणको पनि अभियान सुरु हुनेछ।’ उनका अनुसार अबको पशुपति स्वच्छ हराभरा पशुपति हुनेछ भने एक भक्त एक वृक्ष नामक अभियान चलाइँदै छ।

पाशुपत क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वर पिपल, पारिजात, बेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइने उनको भनाइ छ। डा। श्याम खड्काको संयोजकत्वमा अभियान सुरु हुनेछ।

अभियानको सुरुआत वरिष्ठ कलाकार शिव श्रेष्ठले गर्नेछन्। पहिलो दिन अन्य चर्चित कलाकारहरूको पनि उपस्थित रहने छ। अभियान हरेक शनिवार बिहान ८ बजेदेखि १० बजेसम्म हुने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस