काँग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने « प्रशासन
Logo ३१ आश्विन २०७८, आइतबार
   

काँग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने


२ आश्विन २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँको सदस्यता विवाद मिलेसँगै हिजो (शुक्रबार) बसेको काँग्रेस काठमाडौँ जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको हो ।

काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्ग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको जानकारी दिए ।

काठमाडौँमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौँमा १३८ वडा छन् ।

काठमाडौँमा काँग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस