प्रविधि विकास र विस्तारमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाको नाम सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रविधि विकास र विस्तारमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाको नाम सार्वजनिक


१ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रविधि विकास विस्तार र उन्नयनमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा विभिन्न संस्थाको नाम सार्वजनिक भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान पत्रकारिता पुरस्कार तर्फ कान्तिपुर दैनिकका मणि दाहाल, एरोनोटिकल प्रविधितर्फ डिपार्टमेन्ट अफ मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ पुलचोकका डा।दीपक प्रसाद शर्मा, अन्तरिक्ष प्रविधि तर्फ प्रा. डा. उदयराज खनाल, जैविक प्रविधि तर्फ प्रा.डा. प्रकार घिमिरे माईक्रोबायोलोजी केन्द्रीय विभाग त्रिवि, विपद् न्यूनीकरण सम्बन्धी प्रविधि तर्फ डा. प्रदीप ज्ञवाली, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, उदयीमान प्रविधिमा डा. आभास मास्के, नास्ट लाई जनही २५ हजार नगद राशि र कदर पत्र प्रदान गर्ने भएको हो ।

त्यस्तै बी. पी. कोइराला सङ्ग्रहालय, सुन्दरीजल, शम्भु आचार्य, निरीक्षक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय लगायत ५ जनालाई विशेष कदर पत्र प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस